१५ श्रावण २०८३, शुक्रबार
,
Latest
बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान



अ+ अ-

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको थियोे ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ ।

रास्वपाले १९ हजार ९८७, नेकपा (एमाले)ले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।

जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो । रासस