१५ श्रावण २०८३, शुक्रबार
,
Latest
बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ २- मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी



oplus_34
अ+ अ-

धादिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्द्वी भन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ ।

श्रेष्ठले २६ हजार १ सय ४३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले २० हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

मत परिणम अनुसार नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गर्नुभएको छ ।