१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द



फाइल फोटो
अ+ अ-

बागलुङ। बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ ।

ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।

यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार भइरहेकाले थप सर्तकता अपनाउनका लागि फागुन २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिनुभयो ।

दादुराको सङ्क्रमण बढेकाले ढोरपाटन नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीले सङ्कलन गरेको पाँच वटा स्वाब परीक्षण गर्दा दादुरा सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

सङ्क्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ ।

नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।रासस