२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक फुटबल मैदान निर्माणमा मुख्यमन्त्रीको चासो



अ+ अ-

हेटौँडा । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा निर्माणाधीन सो खेदमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने कार्य जारी रहेको छ । प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्छ ।”
मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तरराष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने वताउनुभयो ।

मुख्यमन्त्री पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तरराष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्डहल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्नेगरी काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदान र कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माणकार्यसमेत सकिने र फुटबल मैदानको प्यारापिट निर्माणकार्यसमेत तत्काल शुरु गरिने बताउनुभयो । “हाम्रो कार्यकालभित्र सबैखालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तरराष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन्, प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदानहरु बन्छन्, स्थानीय तहहरुमा पनि खेलमैदान निर्माणकार्यलाई प्राथमिकता दिइन्छ ” उहाँले भन्नुभयो ।

२३ बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।