९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा मतगणना सुरु



अ+ अ-

काठमाडाैँ । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणना सुरु गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो ।

दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो । मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबिच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।