काठमाडौँ । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६५६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए ।











