१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको व्यास–१ र २ को मतगणना सकियो, कांग्रेस ५३ मतले अगाडि



अ+ अ-

दार्चुला। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ ।

प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् ।

जोशीले कुल ३९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गणेश सिंह ठगुन्ना (सूर्य) ले ३३९ मत प्राप्त गरेका छन् । जोशी ठगुन्नाभन्दा ५३ मतले अगाडि रहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त (घण्टी) ले ६६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण दत्त जोशी (तारा) ले ९ मत प्राप्त गरेका छन् । अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।