१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा श्रम संस्कृतिका उम्मेदवारको अग्रता कायमै



फाइल तस्बिर ।
अ+ अ-

धनकुटा। मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै छ ।

आज साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो ।

हालसम्म गणना भएको ११ हजार ८८० मतमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले तीन हजार ९७२ र एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले तीन हजार ७०५ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राईले दुई हजार २३८, रास्वपाका दिनेश भण्डारीले ५५६, राप्रपाले ११६ तथा जसपा नेपालले १११ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिनुभयो ।

हालसम्म ८३५ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभाका लागि तीन स्वत्रन्त्र र १४ दलसहित जम्मा १७ जनाको सहभागिता रहेको छ ।