१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी– १, २ र ४ मा रास्वपा उम्मेदवारको अग्रता



अ+ अ-

सप्तरी।  सप्तरीको जारी मतगणनाअनुसार क्षेत्र नं १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साहले पाँच हजार ३१२ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका तेजुलाल चौधरीले दुई हजार २८१, जसपा नेपालका डा बाबी सिंहले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै रामजी यादवले एक हजार ६९८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ भने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले ८२२ मत, जसपाका उमेश यादवले ७७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।

क्षेत्र नं १ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका पुष्पाकुमारी चौधरीले दुई हजार ७०७ मत तथा नेपाली कांग्रेसका रामदेव साह तेलीले ४२६ र नेकपा एमालेका सुमनराज प्याकुरेलले २१२ मत प्राप्त गर्नुभएको छ । रासस