१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साको २ मा कानुको अग्रता दोब्बरले बढ्यो



अ+ अ-

पर्सा। पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिलकुमार कानुको अग्रता दोब्बरले बढेको छ ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ १९ हजार ६१३ मत गणना गर्दा रास्वपाका कानुले ९ हजार ४३२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले भने ३ हजार ९०५ मत मात्रै प्राप्त गर्नुभएको छ ।

अन्य दुई उम्मेदवारभन्दा कानुले प्राप्त गर्नुभएको मतसङ्ख्या भने दोब्बर रहेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार रिमा यादवले ३ हजार ६०० मत प्राप्त गर्नुभएको छ । यहाँ ३१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै हुुनुहुन्छ ।

स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना हुनुहुन्छ । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता सङ्ख्या ९५ हजार १२० जनामध्ये प्रत्यक्षतर्फ ६६ हजार ५७ मत खसेको छ भने समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ । रासस