२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार स्वीकार्दै राजनले भने: आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्दिन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं ४ बाट आफ्नो पराजय स्वीकार गर्नुभएको छ ।

मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गरेको उहाँको भनाइ छ।

विजयोन्मुख रास्वपाको पुकार बमलाई उहाँले बधाई दिँदै आगामी दिनमा म क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि जानकारी गराउन भएको छ ।

उहाँले लेख्नुभएको छ

आदरणीय काठमाडौं क्षेत्र नं ४ का मतदाता महानुभावहरू,

नमस्कार।

म यहाँहरूका बीच सूर्य चिन्ह लिएर निर्वाचनमा आएको थिएँ। तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिन। लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।

विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु।

निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।

मलाइ थाहा छ, राजनीतिमा पराजय अन्तिम सत्य होइन, यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि हो। इतिहासले पनि यही देखाएको छ। आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुन: सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सफल भइन्छ। लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरताको सधैं महत्व रहन्छ र हामी यसलाई आत्मसाथ गरि नै रहने छौं।

र अन्त्यमा मेरो ब्यक्तिगत निर्णयस म क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि यसै समयमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
यहाँहरूले दर्शाउनुभएको साथ, माया र विश्वासप्रति सधैं कृतज्ञ रहनेछु।

धन्यवाद।
राजन भट्टराई
चाबहिल, काठमाडौं–४