१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता
अ अ+ अ-

कैलाली। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

सुरुवाती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीलाई उछिन्दै रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिनुभएको हो ।

सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका-२, ३, ५, ७ र ९ को मतगणना सम्पन्न भएको छ । कुल नौ हजार ९९० मतगणना हुँदा रास्वपाका जोशीले दुई हजार ६५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गर्नुभएको छ । यसअघि वडा नं २, ३ र ९ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेदवारको अग्रता थियो ।

त्यसैगरी नेकपाका उम्मेदवार चौधरीले दुई हजार ४०८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले एक हजार ५५२, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले एक हजार ३१७, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीले एक हजार ११० र राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ३७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म ५०७ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो । रासस