२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता



अ+ अ-

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले सुरुआती अग्रता लिनुभएको छ ।

हालसम्म प्राप्त परिणामअनुसार सूर्योदय नगरपालिका-७ को एक हजार २२६ मत गणना गर्दा राईले ३९९ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार काजीमान कागतेले ३१८ मत प्राप्त गरी राईलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १५८ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरी चौथो र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६ मत प्राप्त गरी पाँचौं  स्थानमा हुनुहुन्छ ।

सो निर्वाचन क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदाता भएकामा ६४ हजार १०४ अर्थात् ५७ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दलका १३ जना प्रत्यासी हुनुहुन्छ । रासस