१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६ नम्बरको ट्रकले ना२८प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उहाँले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको परिचय नखुलेको खड्काले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक चालक भक्तपुरको भक्तपुर नगरपालिका–७ का ४२ वर्षीय आशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँले बताउनुभयो । रासस