२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही-४ मा यादवको अग्रता कायमै



अ+ अ-

रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा आठ हजार ७७० मत प्राप्त गरी यादवलाई पछ्याउँदै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कन्हैया बनियाँ आठ हजार ४४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा कुल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

रुपन्देही-५ मा रास्वपाका खानको अग्रता कायम

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत रुपन्देहीको क्षेत्र नं ५ को हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खानले सात हजरा ६९३ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार एमालेका उम्मेदवार खिमलाल भट्टराईले दुई हजार ५६४ मत प्राप्त गरी खानलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै, दुई हजार ५०३ मत प्राप्त गरी नेपाली कांग्रेसका भारतकुमार शाह तेस्रो स्थानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३४ हजार ४४२ मतदाता भएकामा ८४ हजार ८३८ मत खसेको थियो । रासस