९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी



अ+ अ-

मनाङ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो ।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाउनुभएको छ ।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।रासस