२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराका दुई वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता



अ+ अ-

बारा। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाराका चारवटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार हालसम्म दुई वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरिएकामा दुई वटै क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन् ।

निर्वाचन क्षेत्र नं १ मा हालसम्म ११ हजार १४१ मत गणना भएको छ । त्यसमध्ये ७८८ मत बदर भएका दाहालले जानकारी दिनुभयो । हालसम्म भएको गणनामा रास्वपाका उम्मेदवारले पाँच हजार ८७७ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवारले एक हजार ९४३ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारले एक हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन् । यहाँ रास्वपाले १५ हजार १३८ मत प्राप्त गर्दा कांग्रेसले चार हजार १९, जनता समाजवादी पार्टीका उम्मेदवारले दुई हजार २६०, जनमत पार्टीका उम्मेदवारले एक हजार ६३५ र एमालेका उम्मेदवारले एक हजार ५२ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत दहालका अनुसार मतगणना जारी छ । हालसम्म गणना गरिएका मतमध्ये करिब एक हजार ५०० मत बदर भएका उहाँले जानकारी दिनुभयो । रासस