१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो
फाइल फोटो
अ अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।

भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका शनिबार बिहान ल्याइने भएको छ ।

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।

हालसम्म जिल्लाका १६४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको प्रजिअ थपलियाले बताउनुभयो । भोलि बिहान सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गरिने बताइएको छ ।

मत गणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ ।  रासस