१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटका दुवै क्षेत्रमा रास्वपा अगाडि



अ+ अ-

नुवाकोट।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा विक्रम तिमिल्सिनाले अग्रता लिनुभएको छ ।

सहायक निर्वाचन अधिकृत प्रमोद रिजालका अनुसार अहिलेसम्मको गणनामा रास्वपाका तिमिल्सिनाले ५७९ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बद्री मैनालीले ५१५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको ३८२ मत रहेको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हितबहादुर तामाङले ३३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा आज मध्याह्न १२ बजेदेखि ककनी गाउँपालिकाबाट मत गणना थालिएको हो ।

वाकोट-२ मा रास्वपाका अचुत्तम लामिछानेको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायम राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यको अनुसार हालसम्मको मत गणनामा रास्वपाका लामिछानेले तीन हजार ९६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले दुई हजार ६६ मत र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशवराज पाण्डे एक हजार ८९३ मत ल्याउनुभएको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हिरानाथ खतिवडाले एक हजार ५७३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो । आज बिहान ८ः०० बजेदेखि थालिएको मतगणनाअन्तर्गत अहिलेसम्म बेलकोटगढी नगरपालिका-१, २, ३, ४, ६, १२ र १३ वडाको मत गणना सम्पन्न भएको छ । रासस