१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत–२ मा रास्वपाको अग्रता



अ+ अ-

कर्णाली। सुर्खेत निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले छ हजार ७३९ मतगणना हुँदा एक हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेकपा एमालेका कुलमणि देवकोटा एक हजार ९१७, नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले एक हजार ६६३ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक हजार २८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो ।

सुर्खेतको २ नं क्षेत्रमा १७ दलका प्रत्यासीहरू छन् । एक लाख २६ हजार ४१ मतदाता सङ्ख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो । रासस