१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियरलाई फुटबलमा दोहोरो उपाधि



अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज÷गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भयो । यु–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो ।

स्वयम्भूस्थित घरेलु मैदानमा भएको यु–१६ ब्वाइज फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले पराजित ग¥यो । धीरज जोशीले निर्णायक गोल गरे । यु–१६ गल्र्सको उपाधि भिडन्तमा एक्सेल्सियरले ग्यालेक्सीलाई १–० गोलले नै हरायो । एफ्रोजा श्रेष्ठले गोल गरिन् । यु–१२ ब्वाइज फाइनलमा किड्स लर्निङले एक्सेल्सियरलाई ५–० गोलअन्तरले पाखा लगायो । किड्स लर्निङका कुलदेव तितुङले ह्याट्रिक तथा युकेश नेगीले २ गोल गरे ।

यु–१२ ब्वाइजमा जोएल लामा, यु–१६ गल्र्समा श्रीदिना अधिकारी र यु–१६ ब्वाइजमा धीरज जोशी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टत्रय एक्सेल्सियरका हुन् । यु–१२ ब्वाइजमा किड्स लर्निङका संकल्प विष्ट, यु–१६ गल्र्समा एक्सेल्सियरकी दिपिना लामा र यु–१६ ब्वाइजमा एक्सेल्सियरकै दिपायन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिए ।
यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो ।

यस्तै आठौं एक्सेलिल्सयर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बने ।

सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ अंक जोडे ।
सिनियर गल्र्समा स्वर्णिमले सिद्धार्थ बनस्थलीलाई ३६–१८ ले पन्छ्याउदै पहिलो भयो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । सेब र महामञ्जुश्रीबीचको जुनियर ब्वाइज उपाधि भिडन्तमा सेब २६–१९ ले विजयी भयो । सेबका कुमार तामाङले ९ अंक जोडे ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय उपेन्द्र, मोहिनी र कुमार आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए । विजेतालाई पूर्व सांसद् गीता क्षेत्री, काठमाण्डौ महानगरपालीकाका प्रबक्ता तथा १५ नं वडाका अध्यक्ष ईश्वरमान डंगोल , बडा सदस्य आनन्द गौतम ,एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा १३ टिम सहभागी थिए ।