२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङको अग्रता



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् ।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै छन्। नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत र नेपाली कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए ।

एक लाख १९ हजार ४८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेद्वार प्रत्यासी छन्। मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभागृहमा भइरहेको छ ।