५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा वाग्ले र गैरे प्रथम



अ+ अ-

काठमाडौं । एलआरआईका सौगात वाग्ले र त्रियोगकी आयुश्मा गैरे दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसमा पहिलो भएका छन् । सिनियर सिंगल्सको ब्वाइजमा सौगात र गल्र्समा आयुश्मा पहिलो भएका हुन् ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को आयोजनामा नक्सालस्थित बृहस्पति विद्यासदनमा भएको सिनियर ब्वाइजमा अक्षराका आदित्य सुवेदी दोश्रो तथा प्रिमियरका सगुन श्रेष्ठ र संस्कृतिका रनकलाल श्रेष्ठ तेश्रो भए । सिनियर गल्र्समा एलाइटकी रिया अग्रवाल दोश्रो तथा संस्कृतिकी श्रेया स्थापित र बृहस्पतिकी स्निग्धा थापा तेश्रो बने ।

जुनियर ब्वाइज सिंगल्समा कान्जिरोवाका रवि विकले स्वर्ण, जेम्सका सोरो शेर्पाले रजत तथा संस्कृतिका अभिमोड वज्राचार्य र बृहस्पतिका अर्नभ अधिकारीले कांस्य जिते । सोही स्पर्धाको गल्र्समा त्रियोगकी कृष्मा रिजाल पहिलो, जेम्सकी प्राप्ती ब्यञ्जनकार दोश्रो तथा काठमाडौं प्रज्ञाकुञ्जकी कृषा काफ्ले र संस्कृतिकी स्तुति तेश्रो भए । स्पोर्ट्स मिटअन्तर्गत एथलेटिक्स बाँकी छ ।