२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको लागि सरकार छ भन्ने महशुस गराउँछौँः उपसभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिएका छन् ।

पार्टीकी काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उनले यस्तो प्रतिक्रिया दिए । प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उनले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिए ।

हामी सबै जना मिलेर यो देशमा समृद्धि ल्याउनुपर्नेछ, सुशासन कायम गर्नुपर्नेछ । भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । जनतालाई डेलिभरी र डेभलपमेन्टको महशुस गराउनुपर्नेछ र जनतालाई मेरो लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आउँदै गरेको छ । साथ र सहयोगको लागि सबै मतदातामा धेरै धेरै धन्यावाद ।’

उनले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गरे ।