२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केटबल प्रतियोगितामा सीसीआरसी च्याम्पियन



अ+ अ-

काठमाडौं । सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेको छ । सीसीआरसी लगातार तेश्रोपटक च्याम्पियन बनेको हो । सुरुको संस्करणमा पनि सीसीआरसी फाइनलमा पुगेको थियो । त्यसमा भने सीसीआरसी चुक्यो । चारै संस्करणको फाइनल खेल्ने सीसीआरसी एक्लो टिम हो ।

बुद्धनगरस्थित रोजबड स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ६२–५७ ले पराजित ग¥यो । सीसीआरसीका बुद्ध रोकाले १९ अंक जोडे । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

सीसीआरसीले पहिलो क्वाटरमा १९–१७ को अग्रता लियो भने दोश्रो ९–९ को बराबरीमा सकियो । तेश्रो क्वाटर १७–१३ ले सीसीआरसीकै पक्षमा रह्यो । चौथो क्वाटरमा टाइम्स १८–१७ को झीनो अन्तरले अगाडि रह्यो । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।