२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिनुभएको छ । यहाँ नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले सात हजार दुई मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन् ।

यहाँ क्षेत्र नं १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।