२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक थोपो रगत नखसाली निर्वाचन शान्तिपूर्ण सम्पन्न भयाेः गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले हाल सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र हिंसारहित भएको भन्दै यसलाई मुलुक, संविधान र मानवताको सुरक्षा सुनिश्चित गर्ने महत्वपुर्ण प्रक्रिया रहेको बताएका छन् ।

उनका अनुसार यो निर्वाचनले हाम्रो मुलुक, संविधान र मानवतालाई जोखिममा पर्नबाट बचाएकाे छ । “अब हामीले निष्पक्ष र गुणस्तरीय चुनाव सम्पन्न गरेका छौँ। यसपालि एक थोपो रगत नखसिकन मतदान सम्पन्न भयो। हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो खसेको छैन र यसले प्रत्याभूतिलाई अझ बलियो बनाएको छ,” उनले भने।

गृहमन्त्री अर्यालले चुनावको क्रममा भएका एक–दुई साना झडपहरूलाई रोकथाम गरी नियन्त्रणमा राखिएको पनि बताए। उनले अघि भने, “पहिलापहिला धेरै स्थानमा चुनाव स्थगित हुनुपर्थ्यो र पुनः मतदान गराउनुपर्ने हुन्थ्यो। तर यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ र कुनै पनि स्थानमा स्थगन आवश्यक परेन।”

उनले राजनीतिक सुशासनका मानकलाई अझ सुदृढ गर्ने र भविष्यमा आउने सरकारले ती मानकलाई कमजोर नपारोस् भन्ने लक्ष्यसहित काम गरिएको बताए।