२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट हुने भएको छ ।

आइतबार आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुस २३ बाट २६ गतेसम्म नयाँ वसपार्क स्थिट ढोरपान स्पोर्टस क्लबको मैदानमा आयोजना हुने जानकारी गराएको हो । होङ्गवान्जी बौद्ध समाजको मुख्य प्रायोजन हुने प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पहिलो संस्करण शिवम् सिमेन्टको मुख्य प्रायोजनमा तथा दोस्रो संस्करण होङ्गग्वान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करण चार दिन सम्म सञ्चालन हुनेछ । आयोजकले तेस्रो संस्रकामा पुरस्कार राशिमा बृद्धि गराएको छ । लिगकम नकआउट प्रणालिमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौंथो हुनेले हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७/७ हजार १ सय रुपैयाँबाट प्राप्त गर्नेछन् भने यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२६ लाख अनुमानित खर्च लाग्ने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र नेपाल भलिबल संघको अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस अघि आयोजना भएको पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड एकेडेमी तथा दोस्रो संस्करणमा विभागीय नेपाल एपीएफ क्लबले उपाधि जितेका थिए ।