१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ-१ : रास्वपाका देवराज पाठकको अग्रता



अ+ अ-

दाङ। दाङ निर्वाचन क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार हालसम्म ६ हजार ५११ मत गणना भएको छ। जसमा रास्वपाका उम्मेदवार पाठकले ३ हजार ९५९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १ हजार १८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। नेकपाका नेता मेटमणी चौधरीले ४७५ मत ल्याएका छन् भने रेवतीरमण शर्मा घिमिरेले ४५८ मत प्राप्त गरेका छन्। मेटमणिले यसअघि दुई पटक यो क्षेत्रबाट जितेका थिए ।