२ श्रावण २०८३, शनिबार
,
Latest
साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार



अ+ अ-

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । आइतबार पौष ११ मा, बैंकले प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बैकिङ्ग  सेवा शुभारम्भ गरेको छ । साथै मंसिर २३ बिहीबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकका ८१ औं शाखारहित र मंसिर २९ बुधबार बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आए संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका श्री अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी श्री जितेन्द्र चौधरी र हडियाका श्री तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।