१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु



अ+ अ-

रौतहट।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ । चारवटा पालिकाको ३० वटा वडा रहेको यस क्षेत्रमा ६० वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट देवप्रसाद तिमलसिना, नेकपा एमालेबाट रामजी साह, रास्वपाबाट गणेश पौडेल, नेकपाबाट रामकुमार भट्टराई, आजपाबाट ऋषि धमला, जसपाबाट राजकुमार दासले उमेदवारी दर्ता गराउनुभएको छ ।

राति सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार बिहानबाट मतगणना सुरु भएको हो । रासस