१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो



अ+ अ-

गण्डकी। प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र करिब ६० प्रतिशत बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन सुरु गरिएको जानकारी दिँदै उहाँले जिल्लाका ३६५ वटै मतदान केन्द्रका मतपेटिका बेलुका ८ः३० भित्रमा सङ्कलन गरिसक्ने गरी तयारी गरिएको जानकारी दिनुुभयो ।

प्रमुख ढकालका अनुसार मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर राति ११ः०० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणना कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं १२ को कार्यालयमा, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय, ड्यामसाइड र क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको प्रदेश कृषि मन्त्रालयको सभाहलमा गरिने उहाँले जानकारी दिनुुभयो ।  रासस