३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा ६१.३८ प्रतिशत मत खस्यो



अ+ अ-

मुगु। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्वाचन कार्यालयका अनुसार मतदान गर्ने अन्तिम समय बेलुका ५ः०० बजेसम्म जिल्लाभर कुल २२ हजार ११५ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये  ११ हजार ५८४ महिला र १० हजार ३३१ पुरुषको रहेको छ । जिल्लामा कुल ६१ दशमलव ३८ प्रतिशत मत खसेको पनि सूचना अधिकारी खनियाँले जानकारी दिनुभयो ।

जिल्लाभरि ३६ हजार ३१ मतदाता भए पनि प्रत्यक्षतर्फमा १३ हजार ९१६ मतदाता मतदान गर्न आएनन् ।

जिल्लाभर कायम गरिएका मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदानका लागि एउटा अस्थायी मतदान केन्द्रसहित ७० मतदान केन्द्र र ६७ मतदानस्थल कायम गरिएको थियो ।  रासस