२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

यी २५ समूहले दिनेछ अध्यक्ष प्रचण्डलाई सुझाव

यी २५ समूहले दिनेछ अध्यक्ष प्रचण्डलाई सुझाव
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ । 

बन्दसत्रको सुरुमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो । अध्यक्षमण्डलमा गिरीराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

उहाँका अनुसार ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाउनुभएको छ । 

समूह २ र ३ मा पार्टीका सल्लाहकारहरू रहेका छन् । सो समूहलाई  छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन् । सो समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको छ । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाउनुभएको छ । 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाउनुभएको छ । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन् । सो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाउनुभएको छ । 

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्नुहुने छ । समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श गर्नेछन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा  लक्ष्मण पन्त हुनुहुन्छ । 

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ । संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाउनुभएको छ । समूह १५ र १६मा सुदुरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन् । समन्वय गर्ने जिम्मेवारी भने खगराज भट्टले पाउनुभएको छ । 

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । सो समूहले क्वालिटी बैक्वेक, बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उक्त समूहले क्वालिटी बैक्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा  नेता जगत सिंखडा हुनुहुन्छ । 

समूह २० र २१  मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३  मा बागमति प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैक्वेट, थापागाउँ रहेको छ ।  समन्वय गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाउनुभएको छ ।

समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैक्वेट, थापागाउँमा बसेर छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पाउनुभएको छ ।    

समूह २५मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सो समूहले काठमाडौँ बैक्वेट, थापागाउँमा छलफल गर्नेछ । सो समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाउनुभएको छ । 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । 

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।  

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन् । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।