१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छः सभापति थापा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रुपमा अभिव्यक्त भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले निर्वाचन सम्पन्न गराउने सबैप्रति आभार व्यक्त गर्दै सम्मान प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ ।

निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु ।”

मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कातर्फ राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको उहाँको भनाइ छ ।

केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा उहाँले सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन दिनुभएको छ ।

“निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति थापाले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुभएका राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय पर्यवेक्षकप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । रासस