२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा किरियापुत्रीद्वारा मतदान



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् ।

पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताए ।

“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ । मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने ।

एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर छन् ।