२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ मा हुँदै



अ+ अ-

भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको चौधौँ संस्करण फागुन ३ गते हुने भएको छ । म्याराथनमा स्वदेशी तथा विदेशी गरेर करिब ७ हजार धावक सहभागी हुने आयोजकले लक्ष्य राखेको छ । प्रतियोगिताम चीन, जापान, भारतलगायतका धावक सहभागी हुने भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

कुल ४२.१९५ किमीमा हुने म्याराथनमा विभिन्न २८ विधामा धावकलाई पुरस्कृत गरिने उनले जनाए । ‘म्याराथनमा दृष्टिविहीनदेखि शारीरिक अपांगता भएकालाई पनि छुट्टै व्यवस्था गरेका छौँ,’ उनले भने ।

म्याराथनमा प्रथम हुनले २ लाख, द्वितीयले १ लाख र तृतीय ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य विभिन्न विधा गरेर कुल ५ लाख ३२ हजार रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन विदेशीले १० डलर, नेपालीले ६ सय र १ सय रुपैयाँ तिरेर नाम दर्ता गनुपर्ने छ ।