२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आम नागरिकहरू आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत ल्याएर जित्ने लक्ष्य राखेको बताएका हुन् ।

बिहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान सम्पन्न गरेपछि बोल्दै उनले जनताको अपार मया र प्रगाढ स्नेहले जित सुनिश्चित रहेको बताए । उनले मत जनताले दिने र आफू मात्रै जितको लागि योग्य उम्मेदवार भएको बताए ।

उनले भने, “७९ सालमा हाम्रो गठबन्धन थियो । अलिकति बढी क्याडरहरू, पब्लिकहरूको सपोर्ट यो लेबलको देखिँदैन थियो । अहिले ओभरह्वेल्मिङ । गाउँगाउँबाट मान्छेहरू, जनताहरू, सामान्य नागरिकहरूको ओभरह्वेल्मिङ सपोर्ट देखिन्छ हाम्रो पक्षमा । हैन अब जित्ने हार्ने भन्ने कुरा त इलेक्सन हो तर अब जनताको अपार माया, प्रगाढ स्नेहका कारणले गर्दाखेरि मलाई विश्वास के छ भने हामी दुई तिहाइदेखि ७०–७५ पर्सेन्ट सम्मको मतको टार्गेटमा छौँ । जित त निश्चितै छ नि ।” उनले आफ्नो जित सुनिश्चित रहेकाले चिन्ता नगर्न आग्रह गरे ।