५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन बास्केटबलमा ४० टिम



अ+ अ-

काठमाडौं । ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन् । संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ । प्लस टु ब्वाइज र सिनियर ब्वाइजमा समान १६–१६ तथा जुनियर ब्वाइजमा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ ।

प्लस टु र सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्लस टु ब्वाइजमा टाइम्स इन्टरनेसनल कलेज डिफेन्डिङ च्याम्पियन हो । गत संस्करणको सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा आयोजक ज्ञान निकेतन पहिलो भएको थियो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।