९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण निर्वाचनको कामना गर्दै पशुपतिनाथमा निर्वाचन आयुक्तको विशेष पूजा



अ+ अ-

काठमाडौँ । देश निर्वाचनको माहोलमा छ र अबका केही घन्टामा मतदान पनि सुरु हुन्छ । अब मतदानका प्रक्रियागत बाहेकका अरु सबै काम पूरा भएको अवस्था पनि छ ।

आजै प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न गरेकी छिन् भने गृह मन्त्रालयको समन्वयमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक पनि आज बिहान नै सम्पन्न भएको छ ।

सुरक्षा परिषदमा अधिकारीहरुका साथै गृहको बैठकमा प्रमुख जिल्ला अधिकारीहरु कसैले पनि सुरक्षा लगायत अर्को कुनै चुनौती अथवा समस्या नदेखेको रिपोर्टिङ गरेका छन् । यसरी हेर्दा निर्वाचन शान्तिपूर्ण नै हुने देखिन्छ र सबै प्रक्रिया पूर्ण रुपमा पूरा भएको अवस्था पनि छ ।

उता यसै मेसोमा आज बिहान कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने शान्तिपूर्ण निर्वाचन र निर्वाचनको सफलताको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरेका छन् । उनी आज बिहान पशुपतिनाथमा विशेष पूजाअर्चना गर्न पुगेका पशुपति क्षेत्र विकास कोषका एकजना कर्मचारीले जानकारी दिए ।

उनले बिहान पशुपतिनाथमा पुगेर पूजा गरेका र मध्यान्ह ११ बजेतिर निर्वाचन आयोगमा आई निर्वाचन आयुक्तहरु र निर्वाचन आयोगका सचिवलाई चन्दन लगाइदिएका थिए ।

आयोगका एकजना उच्च कर्मचारी न्यूजपोलारसंग भन्नुभयो – प्रमुख निर्वाचन आयुक्तजीले आज पशुपतिनाथमा गएर निर्वाचनको सफलताको कामना गरेर विशेष पूजा अर्चना गर्नुभएको छ, त्यसपछि दिउँसो आयोगका पदाधिकारी, अधिकारीहरुलाई चन्दन लगाइदिनुभएको थियो । त्यस बखत उहाँले आफूले निर्वाचनको सफलताको कामना गर्दै बिहान पशुपतिनाथमा विशेष पूजा गरेको बताउनुभएको थियो ।

यसैबीच आजै निर्वाचन आयोगले सोल्टी होटलमा रात्रिभोजको पनि आयोजना गरेको छ । आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी कूटनीतिक नियोगका कर्मचारीलाई ब्रिफिङ कार्यक्रम समेत राखेको छ ।