२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिको चुनावलाई केन्द्रित गरेर राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान



अ+ अ-

काठमाडौं । भोलि बिहान ७ बजेबाट सुरुहुने प्रतिनिधिसभा निर्वाचनको मतदनालाई केन्द्रित गरेर राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । उक्त परिषदको बैठक प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका लागि बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सो बैठक बस्न लागेको हो ।

यसअघि आज बिहान नै भोलि हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा गृह मन्त्रलयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेको थियो । त्यस्तै आजै प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।

बैठकमा विशेषगरी देशभरको सुरक्षा अवस्थाका बारेमा ब्रिफिङ हुने र सो सुरक्षा व्यवस्था निर्वाचनमा नै केन्द्रित हुने बताइएको छ ।