१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान



अ+ अ-

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ ।

नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो, “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ । ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ ।