• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

पहिलो हवाई यात्रुलाई सम्मान



भद्रपुुर । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बस्नुभएको छ । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ ।

होटल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उहाँहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।

होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन् । इलाम चोक बजारमा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेनालगायत जिल्लावासीले ¥यालीसहित इलाम चोक बजारमा कोणसभा गर्दै पर्यटकलाई निम्तो दिइएको छ ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुन्दर जिल्ला इलाममा भित्रिने पर्यटकले मनोरञ्जनका साथै धेरै ज्ञानबद्र्धक कुरा पाउने बताउनुभयो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पर्यटक व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतले मन्तव्य राख्दै नेपाल भ्रमणको निम्तो बाँड्नुभएको छ ।