२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री



अ+ अ-

चितवन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेका हुन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताउनुभयो । मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेका उहाँले जनाकारी दिनुभयो ।

जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणको काम सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । यहाँ निर्वाचन सम्पन्न गर्नका लागि दुई हजार ९६४ जना कर्मचारी खटिएका छन् । यससँगै जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानस्थललाई तीन वर्गमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको र तीन वटै क्षेत्रमा मत गणनास्थल निर्माणको काम सम्पन्न गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी आर्यालका अनुसार चितवन क्षेत्र नं १ मा खैरहनी माध्यामिक विद्यालय, क्षेत्र नं २ मा उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्र र क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा मतगणनास्थल तय गरिएको छ । मत गणनास्थलमा सिसी टिभी जडान र तारजाली राख्ने काम सकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । रासस