३ भाद्र २०८३, बुधबार
,
Latest
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने घाइते, एक खेल गुमाउने



अ+ अ-

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने घाइते भएका छन्। अस्ट्रेलियन टी–२० क्रिकेट बिग बास लिग (बीबीएल) मा खेलिरहेका सन्दिपलाई सामान्य चोट लागेको हो ।

सन्दीप आवद्ध टोली मेल्बर्न स्टार्सले ट्वीटरमा थन्डरविरुद्ध खेल्ने खेलाडीको नाम सार्वजनिक गर्दै आराम गरिरहेका सन्दीप स्थानमा पाकिस्तानी खेलाडी हरिष रौफलाई ल्याइएको छ। आराम गर्नुपर्ने भएपछि सन्दिपले बिहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने भएका छन्।

स्टार्सले अहिलेसम्म चार खेल खेलिसकेको छ। उनले चार खेलमा ३ विकेट लिएका छन्। अघिल्ला हरेक खेलमा विकेट हात पारेका उनी चौँथो खेलमा भने विकेट विहीन भएका थिए।

स्टार्सले चार खेलबाट तिन खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंक जोडेको छ।