२४ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन मर्चवारीमाईमा पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता हुलाकबाट एक करोड राजस्व संकलन हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित बढ्दै ग्यासको आयात, हट्दै अभाव विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो सुरु



अ+ अ-

काठमाडाैँ  । चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा अत्यधिक बढ्ने ढड्डी घाँस तथा अतिक्रमित झार नियन्त्रण गरी घाँसे मैदानलाई व्यवस्थित राख्न हरेक वर्षजस्तै यस वर्ष पनि डढेलो लगाउने कार्य थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउने काम सुरु भइसकेको छ । ती क्षेत्रको काम सम्पन्न भएपछि क्रमशः अन्य भागमा पनि डढेलो लगाइनेछ ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी परिचालन गरिएको जनाइएको छ । सूचना अधिकारी मगरका अनुसार नियन्त्रित रूपमा डढेलो लगाएपछि अनियन्त्रित तथा ठूलो डढेलोको जोखिम कम हुने गर्दछ । यस विधिबाट वन तथा वन्यजन्तुमा न्यून असर पर्ने र घाँसे मैदान व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने निकुञ्जको भनाइ छ ।

घाँसे मैदानलाई खण्ड–खण्डमा विभाजन गरी डढेलो लगाइने छ । सम्पूर्ण क्षेत्रमा नियन्त्रित डढेलो सम्पन्न गर्न करिब एक महिना लाग्ने निकुञ्ज प्रशासनले जनाएको छ ।