१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, एक जना घाइते



अ+ अ-

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नं को स्कुटरलाई विपरीत दिशाबाट आएको ना४च ६०५३ नं को हातीगाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनालाई ठक्कर दिएको थियो । दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा रायमाझीको अस्पतालमै मृत्यु भएको हो ।

अर्का घाइते स्कुटरमा सवार हेटौडा उपमहानगरपालिका-७ निवासी १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको र ठक्कर दिई भाग्ने गाडीचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । रासस