• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

दीप प्रज्वलन गरी म्यान्मामा पनि भ्रमण वर्षको प्रचार



याङ्गुन । म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिए ।

उनले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई व्यापारीलाई बुद्धले उपहार स्वरूप दिएको आफ्ना आठ वटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीहरूले गर्छन् । कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले नेपाली मूलका गोरखा सैनिकहरूले बर्माको एकीकरणमा पुर्याएको योगदानको चर्चा गरे ।

उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै बर्मेलीलाई नेपाल पठाउन सहयोग गर्ने बताए । करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपालमै छन् ।