३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुससँग अर्को वार्ता छिट्टै हुनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की आशावादी



अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार मध्यपूर्व युद्धका बाबजुद आगामी दिनमा अबुधाबीमा रुससँग वार्ता अघि बढ्ने आशा व्यक्त गर्नुभएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) र उसको राजधानी अबुधाबीमा इरानमाथि इजरायलले संयुक्त रूपमा आक्रमण गरेको प्रतिक्रियामा शनिबारदेखि इरानले आक्रमण गरेको छ।

अबु धाबीले युक्रेनमा रुसी आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा वार्ता आयोजना गरेको थियो र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मार्च ५ र ८ को बीचमा नयाँ चरणको वार्ता तय गरिएको बताउनुभएको थियो ।

“बैठक हुनुपर्दछ, यो हाम्रा लागि महत्त्वपूर्ण छ, हामी यो बैठकलाई समर्थन गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले एएफपीसहितका पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो ।

उहाँले अगाडी भन्नुभयो, “यदि क्षेप्यास्त्र र ड्रोनका कारण अबुधाबीसँग कठिनाइ छ भने मलाई लाग्छ हामी टर्कीए वा स्विट्जरल्यान्डमा पनि वार्ता गर्न सक्छौँ । हामीले बैठकको लागि यी तीन स्थानहरू मध्ये कुनैलाई पनि समर्थन गर्नेछौँ।”

मस्को पनि वार्तालाई निरन्तरता दिने पक्षमा रहेको छ । अमेरिका–इरान वार्ता असफल भएपछि रुसको अडानमा परिवर्तन आएको हो कि भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “राजनीतिक र कुटनीतिक समाधान नै रुसको प्राथमिकता रहेको छ ।”

सन् २०२२ देखि रुसको पूर्ण आक्रमणसँग लडिरहेको युक्रेनले बारम्बार मस्कोलाई शाहेद ड्रोन र छोटो दूरीका मिसाइलहरू उपलब्ध गराएको आरोप इरानमाथि लगाउँदै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार भन्नुभयो, “अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले इरानी जनताका लागि रुसको सहयोगी तेहरानमा रहेको ’आतङ्कवादी शासन’ लाई हटाउने अवसर सिर्जना गरेको छ ।”

तर इरानसँगको लामो युद्धले अमेरिकामा निर्मित प्याट्रियट व्याट्रीसहित रुसी आक्रमणलाई रोक्न किएभले प्रयोग गर्ने प्रमुख हवाई रक्षा प्रणालीको आपूर्तिमा पनि असर पार्न सक्छ।

“यदि मध्यपूर्वमा लामो समयसम्म तनाव रह्यो भने यसले निश्चित रूपमा आपूर्तिलाई असर गर्नेछ। म यसमा विश्वस्त छु,” जेलेन्स्कीले भन्नुभयो ।

युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने युरोपको प्रणालीले अझै पनि काम गरिरहेको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले जनवरीमा भन्नुभएको थियो, “जाडोमा अमेरिकी मिसाइल आपूर्तिमा ढिलाइले युक्रेनको नागरिक पूर्वाधारलाई व्यापक रूसी हवाई आक्रमण अभियानको थप जोखिममा पारेको छ, जसले विद्युतीयसंयन्त्रहरूलाई ठूलो क्षति पुर्याएको छ ।” (रासस/एएफपी)