४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो

इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो
अ+ अ-
काठमाडाैँ । इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ । अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिने सङ्केत देखिएको छ ।
तेहरान समर्थित शिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ । सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् भने राजधानी बेरुतमा बिहानै विस्फोटका आवाज सुनिएको थियो ।
यसैबीच अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ । वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को मुख्यालय ध्वस्त पारेको जनाएको छ । इरानले त्यसको जवाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ । तेल अभिव नजिक र बेत सेमेश क्षेत्रमा भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । जेरुसेलममा पनि घाइते भएका छन् ।
दोहा, दुबई र मानामामा समेत विस्फोटका खबर आएका छन् । खाडी क्षेत्रमा भएका जवाफी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०१ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । इरानी न्यायपालिकाले खामेनीका सल्लाहकार अली शामखानी र रिभोलुसनरी गार्ड्सका प्रमुख जनरल मोहम्मद पाकपुर मारिएको पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी सैनिकको मृत्युको बदला लिने बताउँदै कारबाही अझ कडा हुने चेतावनी दिनुभएको छ । पेन्टागनका अनुसार ‘एपिक फ्युरी’ नामक अपरेसनमा तीन अमेरिकी सैनिक मारिएका छन् । ट्रम्पले इरानी सुरक्षा बललाई हतियार त्याग्न आह्वान गर्दै प्रतिरोध गरे ‘निश्चित मृत्यु’ हुने चेतावनी दिए ।
तर इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिका सँग कुनै वार्ता नहुने स्पष्ट पारेका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्या मुस्लिमविरुद्धको युद्धको घोषणा भएको बताउँदै बदला लिने अधिकार सुरक्षित रहेको जनाए । खामेनीको मृत्युपछि आयातोल्लाह अलिरेजा अराफीलाई अन्तरिम नेतृत्व परिषद्मा जिम्मेवारी दिइएको छ ।
यसबिच लेबनानका प्रधानमन्त्री नवाफ सलामले हिजबुल्लाहको रकेट प्रहारलाई गैरजिम्मेवारपूर्ण कदम बताउँदै यसले देशलाई थप जोखिममा पारेको प्रतिक्रिया दिए । पाकिस्तानको कराचीमा अमेरिकी वाणिज्य दूतावासमा आक्रमण प्रयास भएको छ भने १७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
इजरायल र अमेरिकाले इरानका नागरिकलाई शासनविरुद्ध उठ्न आह्वान गरेका छन् । शाहका छोरा रेजा पहलवीले पनि सही समय कुर्न आग्रह गरे। खामेनीको मृत्युलाई लिएर इरानभित्र मिश्रित प्रतिक्रिया देखिएको छ—कतै उत्सव, कतै अमेरिका विरोधी प्रदर्शन ।
तेहरानको आणविक कार्यक्रमबारे वार्ता चलेको दुई दिनमै भएको यो सैन्य टकरावले होर्मुज जलडमरूमध्यमा असर पारेको छ । इरानले जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि जहाजमाथि आक्रमण भएका छन् र विश्व तेल बजारमा मूल्य वृद्धि भएको छ । अमेरिकी दाबी अनुसार नौ इरानी नौसैनिक जहाज डुबाइएका छन्, यद्यपि इरानले अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कनलाई निशाना बनाएको दाबी गरेको छ, जसलाई पेन्टागनले अस्वीकार गरेको छ ।
यसरी इजरायल–इरान तनाव सीमित टकरावबाट क्षेत्रीय सङ्घर्षतर्फ उन्मुख भएको देखिएको छ, जसले मध्यपूर्वको सुरक्षा सन्तुलन र विश्व अर्थतन्त्र दुवैलाई गम्भीर असर पार्ने सङ्केत दिएको छ ।